after_navbar

तीनकुनेमा दुईजना मृत्त फेला


भदौ २६, २०८२


काठमाडौँ,२६ भदौ । काठमाडौँको तीनकुनेमा दुई जना मृत भेटिएका छन् । ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
उनीहरुलाई एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

ad

सेना र प्रहरीको टोली पुगेर घटनास्थलको मुचुल्का गरेका छन् । मृतक दम्पतीको परिचय खुलेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइने जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="