after_navbar

कारागारबाट भाग्न खोज्ने १९२ कैदी सेनाको नियन्त्रणमा


भदौ २६, २०८२


ad

काठमाडौं, २६ भदौ । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । अहिले उनीहरूलाई सेनाले घेराबन्दीमा राखेको छ ।

यसैबीच, भागेर भारततर्फ जाँदै गरेका ७ जना कैदीलाई कञ्चनपुरको चाँदनी क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएर सेनालाई बुझाएको छ । त्यस्तै, १ जना कैदीलाई स्थानीयवासीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका छन् ।

कारागार प्रशासनका अनुसार फरार भएका १२ जना कैदी भने आफैं फर्किएर कारागारमा हाजिर भएका छन् । यता, रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जानुपर्ने माग गर्दै सुरक्षा निकायसँग झडप गरेका थिए । झडप नियन्त्रणमा लिन सेनाले गोली चलाउँदा १२ जना कैदी घाइते र २ जनाको मृत्यु भएको छ ।

त्यस्तै, काभ्रेपलान्चोकको बनेपा–९ नयाँ बस्ती क्षेत्रमा फेला परेको शंकास्पद वस्तु सेनाले सुरक्षित रूपमा निस्क्रिय पारेको छ । सेनाका अनुसार हालसम्म विभिन्न स्थानबाट ९४ नाल विभिन्न प्रकारका हतियार बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="