काठमाडौं,२५ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनाउने विषय सार्वजनिक भइरहेका बेला जेन-जी आन्दोलनमा सक्रिय ‘हामी नेपाल समूह’ले संसद् विघटनलाई आफ्नो मुख्य मागका रूपमा अघि सारेको छ।
समूहका अध्यक्ष सुदन गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा आफूहरू कार्कीको नेतृत्व मान्न तयार रहेको र त्यसबारे पर्याप्त सहमति जुटिसकेको बताए। उनले संसद् विघटनबिना अन्य राजनीतिक प्रक्रिया अघि बढ्न नसक्ने प्रष्ट पारे।
गुरुङका अनुसार नयाँ मन्त्रिमण्डल आफूहरूअनुकूल बन्नुपर्नेछ र त्यसको निगरानी जेन-जी पुस्ताले गर्नेछ। मन्त्रिमण्डल निर्माण र प्रक्रियासम्बन्धी छलफल अझै जारी रहेको उनले उल्लेख गरे।
यसअघि नेपाली सेनाका प्रधानसेनापतिसहितको छलफलमा पनि ‘हामी नेपाल समूह’का प्रतिनिधिहरू सहभागी भएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस