after_navbar

पाथिभरा क्षेत्रमा तोडफोड र आगजनी


भदौ २७, २०८२


काठमाडौं,२७ भदौ। पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा जेनजीका नाममा उच्छृंखल व्यक्तिहरूले तोडफोड र आगजनी गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार आन्दोलन सकिएको भोलिपल्ट २५ गते राति ती संरचनामा आक्रमण गरिएको हो।

ad

समितिका अध्यक्ष रक्की थेबेले तिर्थालुका लागि निर्माण गरिएका हेल्थ डेस्क, हेल्प डेस्क र रेस्क्यु हाउसमा आगजनी भएको जानकारी दिए। उनका अनुसार पर्यटन विभागको सहयोगमा करिब साढे ३ करोड लागतमा दुई वर्षअघि बनेका संरचनामा क्षति पुगेको हो।

थेबेले आगो लगाउनेहरू पाथीभरा केबलकारका विरोधी तथा अराजक समूह भएको दाबी गर्दै तत्काल कानुनी कारबाही गर्न जिल्ला प्रहरी र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख वेदप्रसाद गौतमले नागरिक सहायता कक्षसहित अन्य दुई संरचनामा तोडफोड र आगजनी भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताए।

पाथीभरा तीर्थस्थल समुद्री सतहदेखि ३,७९४ मिटर उचाइमा अवस्थित छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="