after_navbar

शीतल निवास अगाडि सुरक्षा व्यवस्था कडा (तस्बिरहरु):


भदौ २७, २०८२


काठमाडौं, २७ भदौ । जेनजी आन्दोलनपछि शीतल निवास परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले राष्ट्रपति कार्यालयअगाडि बलियो सुरक्षा उपस्थिति कायम गरेको हो।

ad

सञ्चार माध्यमले राष्ट्रपति निवासमै रहेको समाचार सार्वजनिक भएपछि सुरक्षा संवेदनशील बनेको अनुमान गरिँदैछ। साथै आजै अन्तरिम सरकारको प्रधानमन्त्रीलाई शपथ ग्रहण गराउने तयारी भएकाले सुरक्षा सतर्कता अझै बढाइएको हो।

शीतल निवास वरिपरि अहिले बाक्लो सुरक्षा फौज परिचालन गरिएको छ। सेनाले मुख्य गेटलगायत आसपासका क्षेत्रहरूमा निगरानी कडा पारेको छ भने आवतजावतमा समेत विशेष सतर्कता अपनाइएको छ।

हेर्नुहोस् तस्बिरहरू

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="