दाङ,३० भदौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनको म्यान्डेटअनुसार भ्रष्टाचारविरुद्ध दृढ प्रतिबद्धता जनाएका छन्।
अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कर्मचारीलाई सम्बोधन गर्दै भने, “भ्रष्टाचार र बेथितिविरुद्ध युवाले ज्यान आहुति दिएका छन्, अब हामी सबैले पहिलो संकल्प यही विरुद्ध गर्नुपर्छ।”
खनालले कर्मचारीलाई कुनै पनि भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्न आग्रह गर्दै चेतावनी दिए, “अब आइन्दा जानेर गल्ती गर्ने गुन्जाइस छैन। करदाताको सार्वजनिक सम्पत्ति दुरुपयोग भयो कि भन्नेमा विशेष चनाखो हुनुहोस्।”
उनले कसैले गल्ती गरे माया नहुने भन्दै कठोर प्रावधान अपनाइने संकेत पनि गरे।
अर्थ प्रशासनमा दक्ष मानिएका खनालले तलब, आवास, सवारीसाधनलगायत कुनै सेवा सुविधा नलिने घोषणा गर्दै भ्रष्टाचारविरुद्ध आफ्नो व्यक्तिगत उदाहरण प्रस्तुत गरेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस