after_navbar

बाघको आक्रमणमा परि महिलाको मृत्यु


भदौ ३०, २०८२


बाँके,३० भदौ। बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ।
राप्तीसोनारी–३, सिनाबासकी ४५ वर्षीया लक्ष्मी थारु आइतबार राति बाघको आक्रमणमा परि मृत्यु भएकी हुन्।

ad

थारु सोही गाउँपालिकाको वडा नं–२, मदुईस्थित आफन्तको घरबाट फर्किँदै गर्दा जनमुखी सामुदायिक वन क्षेत्रमा बाघको शिकार बनेकी प्रहरीले जनाएको छ। घर फर्कने क्रममा उनी जंगलको बाटोमै निदाएका बेला बाघले आक्रमण गरेको बताइएको छ।

आइतबार साँझ घर नफर्किएपछि परिवार र आफन्तले खोजी थालेका थिए। खोज्दै जाँदा सोमबार बिहान सामुदायिक वनभित्र करिब ५० मिटर टाढा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

कचनापुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) यमबहादुर पुनका अनुसार, शव फेला पार्दा दुवै खुट्टा खाइसकिएको र टाउको भाँचिएको अवस्था थियो।

घटनापछि माथेबास र सिनाबास क्षेत्रका स्थानीयवासीमा बाघको त्रास थप बढेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="