after_navbar

महिलामाथि हतियार प्रहार


असोज ०२, २०८२



काठमाडौँ,२ असोज । काठमाडौँमा महिलामाथि हतियार प्रहार भएको छ । गोकर्णेश्वर नगरपालिका – ७ स्थित शिव चोकमा एक महिलामाथि हतियार प्रहार भएको हो । गोकर्णेश्वर नगरपालिकाको शिवचोकमा आफ्नै घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि हतियार प्रहार भएको हो। पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ad

पन्तमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ। आफूमाथि के कारणले हतियार प्रहार गरियो भन्नेबारे अनविज्ञ रहेको उनले प्रहरीलाई बताएकी छन्।

तामाङले मदिरा सेवन गरी पन्तको कोठामा गएर हतियार प्रहार गरेको खुलेको छ। अनुसन्धानका लागि तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="