काठमाडौँ, ३ असोज । पुँजी बजारमा देखा परेको विसंगति र समस्याको अध्ययन गर्न अर्थ मन्त्रालयले चार सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलले आमलगानीकर्ताको मनोबल बढाउने प्रणालीगत सुधार र प्रक्रियागत सुधारका लागि सुझावसहित ठोस कार्यान्वयन कार्ययोजना तयार पार्नेछ।
धितो बोर्डका कामु कार्यकारी निर्देशक रूपेश केसीको संयोजकत्वमा गठन भएको कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्यसचिवका रूपमा रहेका छन्।
कार्यदललाई पाँच दिनभित्र आफ्नो कार्ययोजना प्रस्तुत गर्ने जिम्मेवारी तोकिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस