after_navbar

संविधान दिवसमा तुलसीपुर नगर जेसीजद्वारा दीप प्रज्वलन


असोज ०३, २०८२


दाङ, ३ असोज । तुलसीपुर नगर जेसीजले संविधान दिवस २०८२ का अवसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।

ad

संविधान दिवसलाई स्मरण गर्दै राष्ट्रिय एकता, लोकतान्त्रिक अभ्यास र नागरिक उत्तरदायित्व सुदृढ बनाउने सन्देश दिनका लागि नगर जेसीजले दीप प्रज्वलन कार्यक्रम गरेको हो। ।

जेसिजका अध्यक्ष सन्दीप भुषालको अध्यक्षतामा तथा जेसिज वर्ष २०१५ का अध्यक्ष झरेन्द्र खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि खरेलले संविधानले दिएको अधिकारको प्रयोग गर्दै युवा पुस्ताले सामाजिक रूपान्तरणमा अगुवाइ गर्नुपर्नेमा जोड दिए । उनले संविधान दिवस सबै नेपालीलाई समान अवसर र पहिचान दिने दिन भएकोले यसको महत्वलाई जीवनशैलीमा उतार्न आग्रह गरे ।

सागर न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गरेका थिए ।

यस क्रममा निवर्तमान महासचिव कमलप्रकाश शर्माले जेसीज आस्था पाठ गर्दै संगठनले युवालाई नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र लोकतान्त्रिक अभ्यासमा अघि बढाउने अभियानलाई निरन्तरता दिइरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="