after_navbar

यात्रामा सतर्कता अपनाउन भारतको आग्रह


असोज ०४, २०८२


काठमाडौं,४ असोज । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई देखाउँदै भारतले आफ्ना नागरिकलाई लक्षित गरी नेपालका लागि ट्राभल एडभाइजरी जारी गरेको छ।

ad

नेपालस्थित भारतीय दूतावासले हाल परिस्थिति केही हदसम्म सामान्य भए पनि नेपाल यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।

एडभाइजरीमा भनिएको छ, “गत केही हप्ताको तुलनामा नेपालमा स्थिति सुधारिएको छ। सडकमार्ग र उडानहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। तर पनि, नेपाल यात्रा गर्ने भारतीय नागरिकहरूले सतर्क रहनुका साथै दूतावास वा स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्नुपर्छ।”

दूतावासले आफ्ना नागरिकहरूको सहायताका लागि हेल्पलाइन नम्बर, आपतकालीन नम्बर र इमेलसमेत सार्वजनिक गरेको छ र आवश्यक परे सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="