after_navbar

तरकारी बोकेको गाडीमा ३३४ किलो गाँजा


असोज ०५, २०८२



काठमाडौँ,५ असोज । प्रहरीले तरकारी बोक्ने गाडीबाट गाँजा बरामद गरेको छ । शनिवार रातिको गस्तीको क्रममा रौतहट प्रहरीले लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा लिएको हो । प्रहरी चौकी रामपुरखापबाट खटि गएको प्रहरी टोलीले राति इशनाथ नगरपालिका –८ मोतिपुर सडक खण्डबाट २६ वटा पोकामा राखिएको ३ सय ३४ किलो गाँजासहित गाडी नियन्त्रणमा लिएको हो ।

ad

मोतिपुरबाट जटहरा हुँदै भारततर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च १८६१ नम्बरको तरकारी लोड भएको पिकअप गाडीबाट उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता,प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

प्रहरीलाई देख्ना साथ गाडी चालक भागेपछि प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा तरकारी भित्र लुकाएर राखिएको २६ वटा पोकामा ३३४ किलो लागुऔषध गाँजा भेटिएको प्रवक्ता कार्कीले बताए ।

एक पोकामा १५ किलोको दरले १९ पोकामा २८५ किलो र एक पोकामा ७ किलोको दरले ७ पोकामा ४९ किलो गरी जम्मा २६ वटा पोकामा ३३४ किलो गाँजा बरामद भएको डिएसपी कार्कीले बताए। माथिबाट २० किलो काउलीले छोपेर लुकाएको उक्त गाँजा बरामद भएको हो।

गाँजा र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार भएका गाडी चालक र गाँजा तस्करको खोजीकार्य भइरहेको डीएसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="