after_navbar

हत्या अभियोगमा एक युवती पक्राउ


असोज ०५, २०८२



रुपन्देही,५ असोज । हत्याको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । बुटवलका २७ वर्षीय रोहित थापाको हत्या गरेको अभियोगमा २३ वर्षीय सुनिता केसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

ad

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाका अनुसार असोज २ गते साँझ बुटवल उपमहानगरपालिका वडा नं। ११ मैना बगर बस्ने थापा र वडा नं। ५ ध्रुव नगर बस्ने केसी बुटवल–२ पाखापानीस्थित भूमि रेस्टुरेन्ट एन्ड लजमा बस्न गएका थिए।

दुई दिन सम्म सोही होटेलमा बसिरहेकोमा शनिबार दिउँसो होटेलकै कोठामा रोहित मृत फेला परेपछि घटना बाहिरिएको हो।

उनीहरू दुई दिन सम्म होटेलको ३०२ नं। कोठामा बसेका थिए।

मृत भेटिएका रोहितको शब पोस्टमार्टम गरी हेर्दा उनको घाँटी थिचेर हत्या गरिएको पाइएपछि कोठामा सँगै बसेकी सुनितालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। डिएसपी रानाले अहिले सुनितालाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी ज्यान मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="