काठमाडौं,५ असोज । नेपाल विद्युत प्राधिकरणको निर्देशकका रूपमा रहेका हितेन्द्र शाक्यलाई हटाइएको छ।
शाक्यलाई हटाएसँगै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा पदमा नियुक्त गर्ने निर्णय गरेको छ। शाक्य गत चैत ११ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस