काठमाडौं ,६ असोज । यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ। चाडपर्वको बेलामा सार्वजनिक यातायात सहज रूपमा सञ्चालन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर रुट परमिट खुला गरेको हो।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार रुट परमिट खुला गरेसँगै अब गन्तव्यसम्म जान सार्वजनिक सवारी साधनले छुट्टै रुट लिनु नपर्नेछ। तर, विशेष बाटोका कारण निषेध गरिएका आकार–प्रकारका सवारी साधनलाई भने रोक कायम रहनेछ।
स्वाँरका अनुसार रुट परमिट आगामी असोज २२ गतेसम्म मात्रै कायम रहनेछ। यस अवधिमा यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिनुपर्ने व्यवस्था गरिएको महासङ्घले जनाएको छ।
यसअघि सरकारले खाद्यान्न तथा अत्यावश्यक वस्तु ढुवानीबाहेकका ठूला ट्रेलरलगायतका सवारी साधनलाई नारायणघाटदेखि काठमाडौंसम्म आजदेखि पूर्णिमासम्म सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस