after_navbar

विद्युतीय कारोबार प्रणाली आरटीजिएस बन्द नहुने


असोज ०६, २०८२


काठमाडौँ ,६ असोज । घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानीका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा रहने भएको छ।

ad

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आरटीजीएस सञ्चालन हुनेछ। राष्ट्र बैंकले सूचना जारी गर्दै सार्वजनिक बिदा भए पनि ठूलो मूल्य तथा अति जरुरी भुक्तानी कारोबारका लागि आरटीजीएस प्रणाली उपलब्ध हुने जनाएको छ।

आरटीजीएस प्रणाली मुख्यतया ठूलो रकम र तात्कालिक भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="