after_navbar

झुठा विवरण पेश गरी नागरिकता दिलाउन पठाउने वडाध्यक्ष पक्राउ


असोज ०६, २०८२


मलंगवा,६ असोज । झुठा विवरण पेश गरी शंकास्पद व्यक्तिलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुबोध राय यादवलाई प्रहरीले पक्राउ गरेको छ।

ad

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चारजनाको नागरिकता बनाउन सिफारिस गरेको प्रमाणसहित वडाध्यक्ष यादवलाई असोज ५ गते नियन्त्रणमा लिइएको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीको चलानी नम्बर ११२९१ र मिति २०८१ असार ३ गतेको पत्रका आधारमा वडाध्यक्ष यादवविरुद्ध अनुसन्धान अघि बढाइएको हो।

प्रहरीले यादवलाई नागरिकतासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत सर्लाहीबाट १५ दिनको म्याद लिई अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="