after_navbar

तुइन खोला पहिरो हटाउन भोलिसम्म लाग्ने


असोज ०, २०८२


काठमाडौँ,९ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोला क्षेत्रमा गएको पहिरो हटाउन शुक्रबार बिहानसम्म लाग्ने अनुमान गरिएको छ। सडक डिभिजन भरतपुरले बुधबार साँझ पानी परेकाले आजै पहिरो हटाउन सकिने सम्भावना नभएको जनाएको हो।

ad

सडक डिभिजन भरतपुरका सूचना अधिकारी तथा इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार अहिले ६ वटा उपकरण परिचालन गरेर दुई साइडबाट काम भइरहेको छ। तर, एक साइडमा दुईवटा मात्र उपकरण प्रयोग गर्न सकिने भएकाले ढिलाइ भएको उनको भनाइ छ।

मंगलबार दिउँसो ४:५५ बजे मुग्लिनको तुइन खोला नजिकै ठूलो पहिरो गएको थियो। त्यसपछि बुधबार बिहानैदेखि पहिरो हटाउने काम सुरु गरिएको हो।

सडक विभागका अनुसार करिब १६० मिटर सडकमा पहिरो थुप्रिएको छ। १८ मिटर अग्लो पहाड जस्तो बनेको उक्त भागमा करिब ३४ हजार ट्रक बराबरको ढुंगामाटो थुप्रिएको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="