after_navbar

रुकुमबाट दाङ जाँदै गरेको फोर्स दुर्घटना: तीनजनाको मृत्यु


असोज १२, २०८२


दाङ, १२ असोज । रुकुम पश्चिमबाट दाङतर्फ आउँदै गरेको यात्रुबाहक फोर्स गाडी दुर्घटना भएको छ । आइतबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

ad

कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक बिहान करिब ४ बजे भएको दुर्घटनामा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।

रुकुम पश्चिमको बाफिकोटबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको गाडी सडकबाट करिब ३०० मिटर तल खसेको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="