after_navbar

प्रहरी जवान मृत फेला


असोज १८, २०८२


काठमाडौं,१८ असोज । डोटीमा एक प्रहरी जवान मृत फेला परेका छन्।

ad

शुक्रबार मध्यरात जिल्लाको शिखर नगरपालिका–८ तिलताली घर भएका नेपाल प्रहरी जवान शङ्कर बलायर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

केआई सिंह राजमार्ग अन्तरगत गोपघाट भन्ने स्थानमा एक व्यक्ति लडेको भन्ने सूचना राति १२:१५ बजे प्रहरीलाई आएपछि टोली खटिएको थियो। त्यही क्रममा बलायरको टाउकोमा गम्भीर चोट लागेका कारण मृत फेला परेका प्रहरी कार्यालयले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए। उनी असोज ७ गतेदेखि लागु हुने गरी १८ दिनको बिदामा घर आएका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="