after_navbar

एकैदिनमा ७ हजार १ सयले बढ्यो सुन


कार्तिक ०१, २०८२


काठमाडौं ,३१ असोज । सुनको मूल्य आज एकैदिनमा प्रतितोला ७ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ।

ad

हिजो प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज फेरि बढेको हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले वृद्धि भई आज चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य ३ हजार २७५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="