हेटौँडा, ५ कार्तिक । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ।
३१ असोजमा हेटौँडा उपमहानगरपालिका–१० बसपार्कमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले हेटौँडा–१० बस्ने ३७ वर्षीय अर्जुन तामाङ (विजय तामाङ) लाई पक्राउ गरेको हो।
२०७४ साउन ११ गते जिल्ला अदालत सिन्धुपाल्चोकले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैदको सजाय सुनाएपछि तामाङ फरार रहेका थिए। उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।
त्यस्तै, प्रहरीले मकवानपुर बागमती गाउँपालिका–५ ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल ९हेमन्त परियार० लाई समेत पक्राउ गरेको छ। परियारमाथि २०८१ सालमा विभिन्न मितिमा पाँच पटक चोरी र डाँका मुद्दा दर्ता भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
जुवातास खेलिरहेका उनीहरू सहित ११ जनालाई पक्राउ गरी प्रहरीले ११ बुक तास र नगद ६ लाख ६ हजार ३१० रुपैयाँ बरामद गरेको छ। जुवा सम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा सिआरएस चेकजाँच गर्दा तामाङ र परियार दुवैजना फरार अपराधी भएको पत्ता लागेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस