after_navbar

बाघको आक्रमणबाट घाँस काट्न गएका पुरुषको मृत्यु


कार्तिक ०, २०८२


बाँके,८ कार्तिक । बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघको आक्रमणबाट घाँस काट्न गएका एक पुरुषको मृत्यु भएको छ।

ad

राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना बस्तीका ४० वर्षीय इन्द्रबहादुर खत्रीको शुक्रबार दिउँसो स्थानीय रिम्ना सामुदायिक वनमा बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दीपक पातलीले जानकारी दिए।

शुक्रबार बेलुकीसम्म घर नफर्किएपछि शनिबार बिहान स्थानीयवासी र प्रहरी टोलीले खोजी गर्ने क्रममा रिम्ना सामुदायिक वनको चिल्लेपाटा क्षेत्रमा खत्रीको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो।

घाँस काटेर राखिएको डोको र चप्पल एक ठाउँमा भेटिएको र शव तीन टुक्रामा—टाउको, खुट्टा र शरीर छुट्टाछुट्टै ठाउँमा—फेला परेकाले बाघको आक्रमणबाट मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="