after_navbar

शारदा नदी किनारमा महिलाको शव फेला


कार्तिक ०, २०८२



सल्यान,८ कार्तिक । सल्यानको शारदा नदी किनारमा एक महिलाको शव फेला परेको छ । सल्यानको शारदा नगरपालिका–१२ गाईनेट नजिक शारदा नदीको किनारमा एक अज्ञात महिलाको शव फेला परेको हो ।

ad

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० डा। हेमबहादुर केसीका अनुसार महिलाको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको हो। शवको शरीरको आधा भागमा कपडा नभएको र विभिन्न भागमा हिलो लागेको अवस्थामा भेटिएको बताइएको छ।

हालसम्म मृतकको परिचय खुल्न सकेको छैन। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय शीतलपाटीबाट प्रहरी टोली पुगेको छ। टोलीले आवश्यक मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लैजाने तयारी गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="