after_navbar

गांजासहित तीन भारतीय पक्राउ


कार्तिक १०, २०८२


काठमाडौ,९ कार्तिक । लागुऔषध गाँजाजस्तो देखिने करिब सात किलो २९५ ग्राम पदार्थसहित तीन भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

ad

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार पक्राउ पर्नेहरूमा भारतका २५ वर्षीय हरगोबिन्द सिंह, १९ वर्षीय समिर, र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका छन्।

विमानस्थलको भन्सार क्षेत्रबाट उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरी आइतबार सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

एयर एसियाको उडानबाट बैंकक हुँदै काठमाडौं आएका हरगोबिन्द र समिरको साथबाट तीन किलो ५४० ग्राम, र इन्डिगो एयरको उडानबाट मुम्बई हुँदै काठमाडौं आएका सम्पदको साथबाट तीन किलो ६५५ ग्राम लागुऔषधजस्तो देखिने पदार्थ बरामद गरिएको हो।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रवक्ता घिमिरेले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="