after_navbar

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई


कार्तिक १८, २०८२


काठमाडौ,१७ कार्तिक। राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’मा सहभागी हुन प्रस्थान गरेका छन्।

ad

राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्हाल्ने भएका छन्।

नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सो अवधिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक १७ गतेदेखि २० गतेसम्म दोहामा हुने सम्मेलनमा सहभागी हुन आज बिहान प्रस्थान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="