after_navbar

स्रोत नखुलेको २३ लाख र इलेक्ट्रोनिक सामान सहित दुई जना पक्राउ


कार्तिक १८, २०८२


काठमाडौ,१७ कार्तिक । प्रहरीले स्रोत नखुलेको रकम र इलेक्ट्रोनिक सामानसहित दुईजनालाई पक्राउ गरेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित सगरमाथा राजमार्ग अन्तर्गत गाईघाट–कदमाहा सडक खण्डमा प्रहरीले स्रोत नखुलेको नगद, गाडी र विभिन्न इलेक्ट्रोनिक सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

ad

इलाका प्रहरी कार्यालय भेडियाको टोलीले आइतबार राति करिब ८ः५० बजे कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको हाइलक्स गाडी चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।

प्रहरीका अनुसार, गाडीबाट २३ लाख रुपैयाँ नगदसहित विभिन्न इलेक्ट्रोनिक उपकरणहरू फेला परेका छन्। बरामद सामग्रीमा साइकल हावा पम्प १०० थान, इलेक्ट्रिक रिक्साको मोटर ३ थान, इलेक्ट्रिक साइकलको ब्याट्री ३१ थान, इलेक्ट्रिक स्कुटरको ब्याट्री ३ थान, ब्याट्री चार्जर ७ थान र ब्याट्री टेस्टर १ थान रहेका छन्।

गाडीमा सवार झापा, दमक–५ निवासी २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुवै जनासँग स्रोत र सामानबारे सोधपुछ भइरहेको बताइएको छ।

इलाका प्रहरी कार्यालय भेडियाका प्रमुख प्रहरी निरीक्षक पूर्णकुमार राईको कमान्डमा खटिएको टोलीले पक्राउ गरेका व्यक्तिहरू, गाडी र बरामद सामानलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरी पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="