after_navbar

तुलसीपुरमा स्कुटी ठक्करबाट बालक घाइते


कार्तिक १८, २०८२


दाङ,१७ कार्तिक । स्कुटरले ठक्कर दिदा तुलसीपुरमा एक बालक घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीमा स्कुटीको ठक्करबाट एक बालक घाइते भएका छन्।

ad

नेपालगञ्जबाट तुलसीपुरतर्फ जादै गरेको रा ६ प ३१२४ नम्बरको स्कुटीले पैदल हिँडिरहेका ८ वर्षीय विमल शाहीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते शाही गंगा बहादुर शाहीका छोरा हुन्।

ठक्करबाट टाउको र शरीरमा भित्री चोट लागेका शाहीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिटी अस्पताल लगिएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

स्कुटी चालक तुलसीपुर–७ बस्ने २१ वर्षीय राजेश बिकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="