after_navbar

दोलखामा हिमपहिरोः तीनजनाको मृत्यु, आठजना बेपत्ता


कार्तिक १८, २०८२


दोलखा, १७ कार्तिक । दोलखा गएको हिमपहिरोमा परेरर तीनजनाको मृत्यु भएको छ । जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिक आज बिहान गएको हिमपहिरोमा परेर तीनजनाको मृत्यु भएको छ भने आठजना बेपत्ता भएका छन्।

ad

गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका १५ जना विदेशीसहित स्वदेशी पथप्रदर्शकको टोली बिहान करिब ९ बजे हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । मृत्यु हुनेमध्ये एक विदेशी र दुई नेपाली रहेका छन्।

घटनापछि अन्यको अवस्थाबारे यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। उद्धार कार्यका लागि स्थानीय प्रशासनले पहल गरे पनि ढिलाइ भएको वडाध्यक्ष निमगेली शेर्पाले बताए। उनका अनुसार रोल्वालिङ क्षेत्र प्रतिबन्धित क्षेत्र भएकाले हेलिकप्टर उडानका लागि अनुमति लिन ढिलाइ हुँदा उद्धार प्रभावित भएको हो।

हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको र बेपत्ताहरूको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ। तर, प्रतिकूल मौसमका कारण हेलिकप्टर घटनास्थलमा पुग्न नसकेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="