after_navbar

निकोलस भुसाल पक्राउ


कार्तिक १, २०८२


काठमाडौ ,१८ कार्तिक । सामाजिक सञ्जालमा विवादस्पद अभिव्यक्ति दिएका निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।

ad

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८ सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

भुसालले हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतका नाम लिँदै हिंसात्मक तथा अराजक अभिव्यक्ति दिएका थिए। यसअघि पनि उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए।

गत शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको दमनको विरोध गर्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई “हत्यारा”को संज्ञा दिएका थिए। उक्त आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो, जसको जिम्मेवारी ओली र लेखकले लिनुपर्ने उनको आरोप रहेको थियो।

प्रहरीले भुसाललाई केही समयदेखि निगरानीमा राख्दै आएको र विवादास्पद अभिव्यक्ति बढेपछि पक्राउ गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="