रुपन्देही,१८ कार्तिक । रुपन्देहीको भैरहवास्थित निर्वाणा होटलको गेटअगाडि गोली प्रहार हुँदा एक जना सुरक्षागार्ड घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो। विवाद चर्किएपछि ती समूहहरू बाहिर निस्किएर होटलको गेटअगाडि आइपुगेका थिए। त्यस क्रममा एक समूहले गोली चलाएको प्रहरीले जनाएको छ।
गोली लागेर होटलमा कार्यरत एक सुरक्षागार्ड सामान्य घाइते भएका छन्। गोली चलाउने समूहका तीन जना व्यक्ति फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धानका लागि क्यासिनोमा रहेका केही व्यक्तिहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस