कञ्चनपुर,१९ कार्तिक । सुदूरपश्चिम विश्वविद्यालयको करिब तीन सय बिघा जग्गा अतिक्रमणमा परेको छ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयअन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसलाई २०६२ सालमा टीकापुर विकास समितिले तीन सय ८० बिघा जग्गा उपलब्ध गराएको थियो।
तर, हालसम्म क्याम्पसले ८० बिघामात्र भोगचलन गर्न सकेको छ भने बाँकी तीन सय बिघा जग्गा मुक्तकमैया र सुकुम्बासीका नाममा अतिक्रमण भएको छ।
उपकुलपति पन्तका अनुसार अतिक्रमित जग्गा फिर्ता गर्न विश्वविद्यालयले पटक–पटक सङ्घ र प्रदेश सरकारसँग माग गरे पनि सुनुवाइ भएको छैन। उनले राजनीतिक संरक्षणका कारण अतिक्रमण हटाउन कठिनाइ भएको बताए।
यसैबीच, विश्वविद्यालयको कार्यकारी परिषद्ले हालै बैठक बसेर अतिक्रमित जग्गा फिर्ता ल्याउन उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस