after_navbar

अब हामी कहिल्यै फुट्ने छैनौं: खनाल


कार्तिक २०, २०८२


काठमाडौ,१९ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट पार्टीका घटकहरूलाई अब कहिल्यै नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन्।

ad

बुधबार आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा बोल्दै उनले विगतका विभाजनहरूबाट पाठ सिक्दै स्थायी एकताको बाटो लिनुपर्ने बताए। “आज एकताको लागि यहाँ उपस्थित सबै घटकहरूलाई म भन्न चाहन्छु अब हामी कहिल्यै फुट्ने छैनौं, यही संकल्पका साथ अघि बढौं,” खनालले भने।

उनले यसअघि पनि कम्युनिस्ट एकता भएको तर त्यसले दीर्घकालीन रूप लिन नसकेको स्मरण गराउँदै भने, “यसअघिका एकताहरू पनि गर्‍यौं तर ‘ए’ बेग्लै भयो, ‘कता’ बेग्लै भयो। अहिले पनि बाहिर धेरै पार्टीहरू छन् — उनीहरूलाई पनि नयाँ ढंगले सोच्न आग्रह गर्छु।”

नेता खनालले कम्युनिस्टबीच आपसी आरोप–प्रत्यारोप नगरी सहकार्य र एकताको भावनामा अघि बढ्नुपर्नेमा जोड दिए। “अब आरोप होइन, आपसी विश्वास र सहकार्यको भावना चाहिन्छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="