after_navbar

हात्तिखौवामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा २ जना घाइते


कार्तिक २२, २०८२


दाङ, २१ कार्तिक । दुईवटा मोटरसाइकल आपसमा ठोकेर दुईजना घाइते भएका छन्। शुक्रबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका हुन् ।

ad

घोराहीबाट तुलसीपुरतर्फ जादै गरेको भे १ ब १८४६ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जादै गरेको रा ६ प ५२३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा भे १ ब १८४६ नम्बरको मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–१० का २८ वर्षीय दामोदर न्यौपाने सामान्य रूपमा घाइते भएका छन्। उनको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ।

त्यसैगरी रा ६ प ५२३७ नम्बरको मोटरसाइकल चालक रोल्पाको गंगादेव गाउँपालिका–१ घर्तीगाउँका १७ वर्षीय सन्दीप घर्तिमगरको टाउको, बायाँ खुट्टा र हातमा चोट लागेको छ। उनको साथमा सवारी कागजात नभएको प्रहरीले जनाएको छ।

घाइते दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको छ।

दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="