after_navbar

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु


कार्तिक २३, २०८२


कपिलवस्तु,२२ कार्तिक । मोटरसाइकल दुर्घटनामा परि एकजना प्रहरीको मृत्यु भएको छ । लुम्बिनी–तौलिहवा सडकखण्डको लवनीमा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु भएको छ। रूपन्देहीको रोहिणी गाउँपालिका–७ का ३५ वर्षीय राम विलास यादवको घटनास्थलमै मृत्यु भएको हो। यादव हाल कपिलवस्तुको कोपवा प्रहरी चौकीमा सहायक हवल्दारका रूपमा कार्यरत थिए।

ad

सुद्धोधन गाउँपालिका–३ स्थित गाउँपालिका कार्यालय नजिक दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा लु ८३ प ७६९२ नम्बरको मोटरसाइकलमा सवार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

दुर्घटनामा अर्को मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् र उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

डिएसपी सिंहका अनुसार सहायक हवल्दार यादव ड्युटीको सिलसिलामा रहेका बेला दुर्घटनामा परेका हुन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="