after_navbar

व्यक्तिगत विवरणमा त्रुटि भए एकपटकका लागि सच्याउन सकिने


कार्तिक २६, २०८२


काठमाडौ,२५ कार्तिक । अब नाम, जन्ममिति, विवाह दर्ता, बसाइँसराईलगायत व्यक्तिगत विवरणमा त्रुटि भएमा एकपटकका लागि मात्र सच्याउन सकिने भएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२’ स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आउने भएको हो।

ad

यसअघि व्यक्तिगत घटनाका विवरण सच्याउने प्रावधान ऐनमा तोकिएको भए पनि स्पष्टता नहुँदा व्यवहारमा समस्या आइरहेको थियो। त्यही समस्या समाधान गर्न सरकारले यसपटक नियमावलीमा संशोधन गरेको हो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारीका अनुसार अब व्यक्तिको नाम, ठेगाना, जन्ममिति, विवाह, सम्बन्ध विच्छेद वा मृत्युजस्ता व्यक्तिगत घटनामा त्रुटि परेमा एकपटकका लागि संशोधन गर्न सकिनेछ।

पहिले एक वर्षभित्र मात्र सच्याउनुपर्ने सर्तले नागरिकलाई असहज बनाएको थियो। तर, नयाँ संशोधनले त्यो समयसीमा हटाइदिएको अधिकारीले बताए।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको यो संशोधन नियमावली राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ। अब व्यक्तिगत घटना विवरण दर्ता वा संशोधनको काम प्रत्येक वडा कार्यालयमा वडासचिवमार्फतै गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="