after_navbar

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना


कार्तिक २६, २०८२


काठमाडौ,२५ कार्तिक । पछिल्लो तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ वटा घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ। काउन्सिलका अनुसार गत साउन १ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा यी घटना भएका हुन्।

ad

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालका अनुसार तीमध्ये सबैभन्दा बढी आक्रमण र कुटपिटका ३४ घटना रहेका छन्। त्यसैगरी धम्की तथा दुर्व्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा र अवरोधका पाँच तथा नीतिगत बन्देजका दुई घटना दर्ता भएका छन्।

प्रदेशगत विवरणअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ४४ घटना भएका छन्। त्यसपछि मधेस प्रदेशमा ६, लुम्बिनीमा ४, कोशीमा ३ र सुदूरपश्चिममा १ वटा घटना घटेका छन्।

लैङ्गिक आधारमा हेर्दा ४३ पुरुष र ३ महिला गरी ४६ जना पत्रकार पीडित भएका छन्। यस्तै, सो अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका दुई घटना समेत दर्ता भएका छन्l एउटा बागमतीमा र अर्को मधेस प्रदेशमा।

यसैबीच, प्रेस काउन्सिल नेपालका प्रतिनिधिहरूले जेन–जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते काठमाडौं उपत्यकामा सञ्चारमाध्यमहरूमा भएका तोडफोड र आगजनी घटनाको स्थलगत अनुगमन समेत गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="