after_navbar

हावादारीले देश बन्दैन: माधवकुमार नेपाल


कार्तिक २७, २०८२


काठमाडौ,२६ कार्तिक । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल ले देशको समस्या राजनीतिमा नै रहेको भन्दै सुधारको आवश्यकता औंल्याएका छन्।

ad

बुधबार काठमाडौंमा आयोजित समायोजन कार्यक्रममा उनले भने,

“राजनीतिमा अपराधीकरण, व्यापारिकरण, भ्रष्टीकरण, दलालीकरण र ठेकदारीकरणको समस्या छ। यो सुधार्नु नै राजनीतिको पहिलो कर्तव्य हो।”

उनका अनुसार देश बनाउन हावादारी कुरा गरेर होइन, इमानदार सोच, गहिरो अध्ययन र संकल्पसहित अघि बढ्नुपर्ने बेला आएको छ।

“देश बनाउने चिन्ता हामी सबैमा हुनुपर्छ। त्यसका लागि सोच, चिन्तन, धारणा र संकल्प लिएर अघि बढ्नुपर्छ,” उनले जोड दिए।

नेपालले संयोजक र सहसंयोजकबीच विभिन्न विषयमा छलफल भइसकेको बताउँदै, दल दर्ता भएपछि सबै प्रदेशमा पार्टी घोषणाको सन्देश पुर्‍याउने तयारी भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="