काठमाडौ,२७ कार्तिक । सिराहा प्रहरीले अवैध लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ। सिराहा नगरपालिका–१ मा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो गोलबजार, जिल्ला प्रहरी कार्यालय सिराहा र वडा प्रहरी कार्यालय सिराहाको संयुक्त टोलीले छापा मारेको हो।
प्रहरीले स ११ च ५४८५ नम्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका–१७ का राम जीवन यादव (२५) र दीपककुमार यादव (२७) को साथबाट ब्राउन सुगर जस्तो देखिने २४ ग्राम ८२० मिलीग्राम पदार्थ बरामद गरेको जनाएको छ।
त्यसैगरी, स १० प ५३२६ नम्बरको मोटरसाइकलमा सवार नवराजपुर–१ का ऋषि कुमार यादव (२०) र भगवानपुर–५ का देवेन्द्र कुमार यादव (१८) लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूबाट डाईजोपाम, प्रोमेथाजाईन, ब्रुफेनफाईन एम्पुल तथा सिरिन्ज बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस