काठमाडौ,१८ मंसिर ।महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।
उनका अनुसार स्थानीय व्यक्तिको मलामी गएका सनि दमाई चिता बनाउने क्रममा चिप्लिएर नदीमा खसेको प्रारम्भिक विवरण प्राप्त भएको छ। अहिले नेपाल प्रहरीले अन्य सुरक्षाकर्मी सहित खोज तथा उद्धार कार्य जारी राखेको बोहराले बताए।
त्यसैगरी, नौ दिनअघि महाकाली नदीमा बेपत्ता भएका भीमदत्त–१२ ओदालीका २१ वर्षीय रोशन दमाईको शव आज फेला परेको छ। भुजेला क्षेत्रबाट नदीमा नुहाउँदा बेपत्ता भएका उनी दोधारा–चाँदनी झोलुङ्गे पुलभन्दा करिब २०० मिटर दक्षिण तर्फ किनारमा मृत अवस्थामध्ये भेटिएको इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले जनाएको छ।
आवश्यक प्रक्रिया पूरा गरी शवलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस