after_navbar

लोकतन्त्र कमजोर भए मानवअधिकार संकटमा पर्छ: गृहमन्त्री अर्याल


३ घण्टा अगाडि


काठमाडौं,२२ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकार सुनिश्चिततामा गम्भीर चुनौती उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन्।

ad

ललितपुरमा सोमबार आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेला उद्घाटन गर्दै उनले लोकतन्त्र र मानवअधिकार एक अर्काका परिपूरक भएकाले लोकतन्त्र सुदृढ भए मात्र मानवअधिकारको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताए।

उनका अनुसार प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार प्रतिबद्ध छ। यसका लागि सबै सरोकारवालाले आ–आफ्नो जिम्मेवारीका स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

गृहमन्त्री अर्यालले नेपालले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमा गरेको प्रतिबद्धता पूरा गर्दै मानवअधिकार सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व रहेको उल्लेख गरे।

संक्रमणकालीन न्याय प्रक्रिया (टीआरसी) लाई निष्कर्षमा पुर्‍याएर सबै नागरिकका अधिकार सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता भएको पनि उनले बताए।

“मानवअधिकार कुनै पनि सभ्य, समावेशी र लोकतान्त्रिक समाजको मेरुदण्ड हो,” उनले भने, “यो दायित्व राज्यको मात्रै होइन, नागरिक समाज, मानवअधिकारकर्मी तथा आम नागरिकको साझा प्रयासबाट पूरा हुन्छ।”

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="