after_navbar

आन्दोलनका कारण रोकिएको भन्सार जाँचपास पुनः सुरु


६ मिनेट अगाडि


काठमाडौं,२४ मंसिर । भन्सार एजेन्टको आन्दोलनका कारण रोकिएको भन्सार जाँचपासको काम फेरि शुरू भएको छ। आज भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच भएको वार्ता सकारात्मक भएपछि आन्दोलन रोकिएको हो।

ad

महासङ्घका अध्यक्ष प्राचिनकुमार थैबले विज्ञप्ति जारी गर्दै, भन्सार विभागले माग सम्बोधनका विषयमा सकारात्मक प्रतिक्रिया दिएकोले ‘पेनडाउन’ कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन्। भन्सार विभागले पनि विज्ञप्ति निकाल्दै वार्ता सफलतापूर्वक टुंगिएको जनाएकाे छ।

भन्सार ऐन २०८२ का केही प्रावधानले एजेन्टहरूको पेशागत हकहित, कार्यसहजता र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक प्रभाव पारेको भन्दै एजेन्ट महासङ्घले देशभर पेनडाउन आन्दोलन सुरू गरेको थियो।

आइतबार वीरगञ्जबाट प्रारम्भ भएको आन्दोलन दोस्रो दिन भैरहवा भन्सार पूर्ण रूपमा बन्द रहेको थियो। तेस्रो दिन हिजो देशभरका सबै भन्सार कार्यालयका सेवा ठप्प भएका थिए। वार्ता सफल भएपछि आजदेखि सेवा पुनः सञ्चालनमा आएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="