after_navbar

रुपन्देही–३ मा कांग्रेसबाट बालकृष्ण खाणसहित ६ जनाको सिफारिस


६ मिनेट अगाडि


दाङ,२४ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले पूर्वमन्त्री बालकृष्ण खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्दबहादुर खत्रीलाई प्रत्यक्षतर्फका उम्मेदवारका लागि सिफारिस गरेको छ।

ad

साथै समानुपातिकतर्फ जन्नतुन निशा धुनिया (अल्पसंख्यक), पुष्पा थरुनी (थारु) र माधवी शर्मा (महिला) को नाम सिफारिस गरिएको छ।

त्यस्तै राष्ट्रिय सभा सदस्यका लागि सोमनाथ शर्मा (खस आर्य), मिननाथ शर्मा (अपाङ्ग), भिमप्रसाद न्यौपाने (खस आर्य) र मोहन सरदार (अल्पसंख्यक) लाई सिफारिस गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए। उनका अनुसार सबै पदका लागि सिफारिस सर्वसम्मत रूपमा गरिएको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="