after_navbar

काठमाडौं जादै गरेको बस लमहीमा दुर्घटना: २२ जना घाइते


३ घण्टा अगाडि


दाङ,२५ मंसिर । काठमाडौँ जाँदै गरेको बस दाङको लमहिमा दुर्घटना भएको छ। दाङको लमही नगरपालिका–१ कौडियापुलमा आज बिहान डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको हो । बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।

ad

विहीबार बिहान करिब ३ बजेतिर ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खसेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेयले जानकारी दिए।

बसमा ३८ जना सवार रहेको र घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="