काठमाडौ,२५ मंसिर । नवलपुरको चोरमारामा आज बिहान विवाहका लागि घरबाट निस्किएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्र गुरुङका अनुसार कावासोती–५ का मूल घर भई हाल कावासोती–३ थारु टोलमा बस्दै आएका जितबहादुर उपाध्याय चोरमाराको उकालोमा मृत भेटिएका हुन् ।
अत्यधिक जाडोका कारण कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। शरीरमा कुनै चोटपटक नदेखिएको र शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको प्रहरी जनाएको छ।
घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस