after_navbar

भन्सार छलेर ल्याइएको कपडा बरामद


२ घण्टा अगाडि


दाङ, २५ मंसिर । इलाका प्रहरी कार्यालय सिसहनियाको गस्ती टोलीले दाङमा ठूलो मात्रामा सामान बरामद गरेको छ। बुधबार राप्ती गाउँपालिका–५ सिसहनिया बजार नजिकै पूर्व–पश्चिम राजमार्गमा नियमित चेकजाँचका क्रममा एक यात्रुबाहक सवारी साधनबाट लुकाइ छिपाइ ल्याइएका कपडा फेला परेका हुन्।

ad

प्रहरीका अनुसार बरामद सामानमा ५ सय पिस सेण्डो र १ हजार पिस अन्डरवेयर रहेका छन्। यी वस्तुको कुल मूल्य १ लाख ७९ हजार १ सय २० रुपैयाँ बराबर रहेको बताइएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर, कपिलवस्तु पठाइएको प्रहरीको जानकारी छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="