after_navbar

एनप्याब्सन दाङको बृहत खेल प्रतियोगिता सुरु


१ घण्टा अगाडि


दाङ ,२६ मंसिर । नेशनल प्याब्सन दाङले आयोजना गरेको बृहत् खेलकुद प्रतियोगिता आजदेखि बेल्झुण्डी रंगशालामा सुरू भएको छ। प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ।

ad

उद्घाटन कार्यक्रम जिल्ला अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

तीन दिनसम्म चल्ने यस प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध २७ विद्यालय सहभागी भएका छन्। छात्र–छात्रातर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ।

त्यसैगरी, छात्रछात्रा दुवैका लागि सटफुट, ज्याब्लिन थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प, साथै १०० मिटर र ४०० मिटर रिले दौड पनि आयोजना हुनेछ। साथै आधारभूत तहको फुटसल प्रतियोगिता र भलिबल प्रतियोगिता समेत सञ्चालन हुनेछन्।

कार्यक्रम वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद डाँगीको स्वागत मन्तव्यबाट सुरू भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव छवि कुमार वलीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="