after_navbar

पाल्पामा जिप दुर्घटना: तीन जनाको मृत्यु


२ घण्टा अगाडि


दाङ,२६ मंसिर । पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

ad

मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप आज शुक्रबार दुर्घटनाग्रस्त भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार जिपमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको उनले बताए।

दुर्घटनामा घाइते आठ जनालाई उद्धारपछि उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, पूर्वी नवलपरासी पठाइएको छ। दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="