after_navbar

एसियन युथ पारा गेम्समा नेपाललाई रजत पदक


१ घण्टा अगाडि


दाङ, २६ मंसिर । नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युएईको दुबईमा जारी एसियन युथ पारा गेम्समा रजत पदक हात पारेका छन्। उनले टेबलटेनिसको यु–२३ पुरुष एकल (क्लास ७) तर्फ उपविजेता बन्न सफल भएका हुन्।

ad

बिहीबार सम्पन्न फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग कडा प्रतिस्पर्धामा ३–२ सेटको अन्तरले पराजित भए। उनले पहिलो सेट १३–११ र तेस्रो सेट १२–१० ले जितेका थिए। तर दोस्रो सेट ११–६, चौथो सेट ११–५ र निर्णायक सेट १२–१० ले गुमाएका हुन्।

न्यौपानेले सेमिफाइनलमा फिलिपिन्सका बार्गे काबनेरोलाई ३–१ सेटले हराउँदै फाइनल यात्रा तय गरेका थिए। उनले लिग चरणमा काजकिस्तान, कीर्गिस्तान र इराकका खेलाडीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका थिए।

टेबलटेनिसतर्फ महिलामा निर्मला भण्डारीले सहभागिता जनाएकी छन्। युएईमै रहेका राष्ट्रिय पारा टेबलटेनिस संघका अध्यक्ष गणेश केसीका अनुसार नेपालले टेबलटेनिससहित एथलेटिक्स, तेक्वान्दो र भारत्तोलनमा समेत सहभागिता जनाएको छ। प्रतियोगिता मंसिर २८ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="