after_navbar

महोत्सवको ८० प्रतिशत तयारी पूरा


मङि्सर २, २०८२


दाङ,२८ मंसिर । तुलसीपुरमा सन्चालन हुने महोत्सवको ८० प्रतिशत तयारी पूरा भएको छ। “स्थानीय उत्पादनलाई प्रवर्द्धन गरौँ, औद्योगिक वातावरणको सुधार गरौँ र दिगो अर्थतन्त्र निर्माण गरौँ” भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवको ८० प्रतिशत तयारी पूरा भएको हो।

ad

आइतबार पत्रकार सम्मेलन गर्दै महोत्सव सञ्चालन नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लालबहादुर केसीले सो कुरा जानकारी गराएका हुन् ।

सो अवसरमा केसीले महोत्सव सन्चालन तथा व्यवस्थापनका लागि २ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिए।

महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन २७ वटा विभिन्न उपसमिति गठन गरिएको आयोजकले जनाएको छ।

कृषि तथा स्थानीय उत्पादनको प्रवर्द्धनका लागि ५० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ। बिक्रीवितरणको आधारमा कृषकहरुलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

महोत्सवमा कुल ४सय ५० वटा स्टल रहनेछन्। स्थानीय व्यवसायीलाई स्टल शुल्कमा २५ प्रतिशत छुट दिइएको छ। हालसम्म १सय ५ वटा स्टल बुक भइसकेका छन्।

युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले युवा उद्यम नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत उत्कृष्ट व्यावसायिक योजना तथा आइडियाहरू छनोट गरी छलफल गरिनेछ। सो मध्यबाट उत्कृष्ट व्यवसायीक मार्गदर्शन तथा उपाय दिने युवा उद्यमीलाइ पनि पुरस्कृत गरिने मुल आयोजक समितीले जनाएको छ।

महोत्सवस्थलमा जलपरी, फिस टनेल र लन्डन ब्रिजजस्ता आकर्षक संरचनाहरू रहनेछन्। आयोजक समितिका अनुसार महोत्सवको तयारी तीव्र रूपमा अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="